धनगढी,१५ जेठ । कञ्चनपुरबाट सार्वजनिक सम्पत्ति हिनामिना गरेको मुद्धामा फरार रहेका एक जना पक्राउ परेका छन् । बेदकोट नगरपालिका – ३ दैजीका ४८ वर्षिय दिपेन्द्र प्रसाद पनेरुलाई उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो ।
२०८० पुष २५ गतेको विशेष अदालत बबरमहल काठमाण्डौको फैसलाले सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्ट्राचार गरेको भन्दै पनेरुलाई ३ वर्ष कैद र ११ लाख ६९ हजार ४२ रुपैया ४४ पैसा जरिवाना सुनाएको थियो । अदालतले दोषी ठहर गर्दा फरार रहेका उनलाई पक्राउ गरेर जिल्ला कारागार चलान गरेको प्रहरीले बताएको छ ।