धनगढी,१० जेठ ।डडेल्धुरामा एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन् । अमरगढी नगरपालिका–४ खलंगाबाट सोही ठाउँ बस्ने २४ वर्षीय मिनबहादुर बिष्ट १ सय मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित बुधवार पक्राउ परेका हुन् । बिष्टलाई लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
डडेल्धुराबाट खैरो हेरोइनसहित एक युवक पक्राउ
डडेल्धुराबाट खैरो हेरोइनसहित एक युवक पक्राउ