धनगढी, १० जेष्ठ / कैलालीमा दुई लाख बढिको अवैध सामान बरामद गरिएको छ । जिल्लाका विभिन्न स्थानबाट अन्दाजी २ लाख १८ हजार ४७० मुल्यको अवैध सामान बरामद गरिएका हो ।
बुधबार धनगढी उपमहानगरपालिका—२ ट्राफिक चोक, धनगढी—३ मिलनचोक र बिशालनगर, धनगढी—९ त्रिबेणीघाट, टीकापुर नगरपालिका—८ बटनपुर,जोशीपुर गाउँपालिका—१ जोशीपुर बजार, जोशीपुर—४ बाणीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका सो मूल्यका अवैध सामान बरामद गरिएको प्रहरीले बताएको छ ।
उक्त मुल्य बराबरको प्याज, चिनी, खानेतेल, चामल, खुर्सानी,सरप, सुर्ती, बिडी, सकेट, छाता, प्लाष्टिक झिल्ली, साबुन, कुर्ता सुरवाल, कुर्ती सेट, पानीपुरी, चक्लेट, सिद्रा माछा, चक्लेट लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको बताएको छ ।