धनगढी,२ जेठ । कैलालीमा मोटरसाइकलले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगंगा नगरपालिका–१ बस्ने लालबहादुर बोहराका छोरा अन्दाजी ९ वर्षका युवराज बोहरा रहेका छन् । प्रहरीका अनुसार हिजो गौरीगंगा–१ गोप्कास्थित बाँकेको नेपालगंज उपमहानगरपालिका–७ बस्ने २६ वर्षीय शैलेन्द्र श्रेष्ठले चलाएको बा प्र ०२–०२८ प ४४६० नम्बरको मोटरसाइकलले पैदलयात्री लालबहादुरका छोरा युवराजलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले बताएको छ । मोटरसाइकल र चालकलाचई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।