धनगढी,१ जेठ । कैलालीमा एक फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको बर्दगोरिया गाउँपालिका–४ बस्ने २६ वर्षका रमेश चौधरी पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनलाई जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ५० हजार रुपैयाँ जरिबाना सुनाएको थियो ।
फैसलापछि फरार रहेका चौधरीलाई सोमवार इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको टोलीले उनकै घर ठेगानाबाट पक्राउ गरेको बताएको छ ।