ध्नगढी,१ जेठ । कञ्चनपुरको एक नास्ता पसलमा युवकहरुबीच झगडा भएको छ । हिजो राति महेन्द्रनगर बजारमा रहेको सौर्य ममः एण्ड सेकुवा नास्ता पसलमा युवकहरुबीच झगडा भएको हो । झगडामा भीमदत्त नगरपालिका–१८ का ओम जोशी घाइते भएका र उनलाई उपचारका लागि भारत लगिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले बताए ।
उनले घटनापछि झगडामा संलग्न अरु युवकहरु भने भागेका बताए । प्रवक्ता जोशीका अनुसार उनीहरुकै साथी भनिएकी एक युवतीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।