धनगढी,३१ वैशाख । कञ्चनपुरबाट प्रहरीले नगदसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–५ बनखेतमा शंकर दत्त भट्टले संचालन गरेको हाईवे फास्ट फुडबाट प्रहरीले जुवातास खेलिरहेको अबस्थामा सञ्चालक भट्टसहित ६ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद ६१ हजार २ सय र १ गड्डी तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
कञ्चनपुरबाट नगद ६१ हजारसहित ६ जना जुवाडे पक्राउ
कञ्चनपुरबाट नगद ६१ हजारसहित ६ जना जुवाडे पक्राउ