धनगढी,३१ वैशाख । कञ्चनपुरबाट लागूऔषधसहित तिन जना पक्राउ परेका छन् । उनीहरु चरेश र खैरो हेरोईनसहित पक्राउ परेका थिए । भीमदत्त नगरपालिका १० गड्डाचौकीबाट सोही ठाउँ बस्ने २६ वर्षीय नबिन कार्कीको घरबाट १९५ ग्राम चरेश, २१ वर्षीय दिपक कार्कीको घरबाट १.५८ ग्राम खैरो हिरोईन र २७ वर्षीय कुश कार्कीको घरबाट ०.१५ ग्राम खैरो हिरोईन (लागूऔषध) सहित तिनै जनालाई आइतवार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । तिनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
कञ्चनपुरबाट लागूऔषधसहित तिन जना पक्राउ
कञ्चनपुरबाट लागूऔषधसहित तिन जना पक्राउ