धनगढी, २७ चैत/कैलालीमा एउटै कोठामा दिदी बहिनीको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका९१० ठेबारमा सहोदर दिदीबहिनी मृत फेला परेका हुन्।
२७ वर्षीया सिमालु चौधरी र उनकी २२ वर्षीया बहिनी इन्द्राको शव एउटै कोठामा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरु झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।
टिनले छाएको काठको दुईतले कच्ची घरको तल्लो कोठामा उनीहरू मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले जानकारी दिए।