धनगढी, १७ चैत/कैलालीको धनगढी उपमहानगरपालिकाले पोलहरूमा रहेका अनावश्यक तारहरू हटाउन थालेको छ। शनिबारदेखि ६ लेन सडक खण्डको दुवै तर्फबाट तारहरूको व्यवस्थापन गर्न थालिएको हो।
यही चैत ४ गते धनगढी उपमहानगरपालिका क्षेत्रमा सेवा प्रदान गर्ने इन्टरनेट तथा केबल टीभी सेवा प्रदायकहरूसँग बसेको बैठकमा निर्णय भए बमोजिम आगलागी एवं विपद् जोखिमबाट बच्न र सहरको सौन्दर्यीकरण राख्न जथाभावी र अनावश्यक राखिएका तारहरू हटाउन थालिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।