धनगढी, १६ चैत/फोटोन ब्राण्डका ईभी भ्यानहरु धनगढीमा पनि विक्रि गर्न सुरु गरिएको हो । बडिमालिका ट्रडिङ्गले अधिकृत बिक्रोता रहेको फोटोनको शोरुम शुक्रबार उद्घाटन गरिएको छ । धनगढीको चटकपुरमा रहेको सोरुम कैलाली उद्योग बिणिज्य संघका अध्यक्ष पुष्पराज कुँवले उद्घाटन गरेका हुन् । सुदूरपश्चिममा आधिकारिक बिक्रोता रहेको बडिमालिका ट्रडिङ्गले फोटोनका ईभी गाडीहरु बिक्रि बितरण गर्ने सोरुमका प्रबन्ध निर्देशक दिपक बिष्टले जानकारी दिएका छन् ।
उद्घाटनकै दिन फोटोन ब्राण्डका ईभी भ्यान ७ वटा बिक्री समेत भएका छन् । चिनमा उत्पादन हुने फोटोनका ईभी गाडीहरु एमएडब्लु भिदृ काठमाण्डौले नेपाल भारको अधिकारिक बिक्रेता हो । बडिमालिका ट्रडिङ्गमा १४ र १५ सिटका इलेक्ट्रिक भ्यानहरु उपलब्ध रहेका छन् । विजुलीबाट चार्ज गरेर चल्ने भ्यानहरु निकै आरामदायी, कम खर्चिलो र सुरक्षित रहेको बताइएको छ । ३ लाख किलोमिटर र ५ बर्षको वारेण्टी रहेका इलेक्ट्रिक भ्यानहरुमा वारेण्टी समय भित्र कुनै पनि प्रकारका समस्या आएमा सो पार्टसहरु निशुल्क परिवर्तन गरिने सुबिधा रहेको चिफ अपरेटीङ्ग अफिसर केशबचन्द्र सेनले जानकारी दिएका छन् ।
चाइनिज ब्राण्डका इलेक्ट्रिक भ्यानहरु विशेष गरि युरोपियन देशहरुमा अत्यधिक प्रयोग भइरहेकोमा नेपालमा पनि पछिल्लो समय इलेक्टिक भ्यानहरुको प्रयोग बढ्दै गएको छ । १४ र १५ सिट क्षमताको इलेक्ट्रिक भ्यानलाई एकपटक चार्ज गर्दा २२५ किलोमिटरसम्म चलाउन सकिने छ । एसी र डिसी चार्ज सिस्टम जडान गरिएको भ्यानलाई फास्ट चाजर्र बाट १ घण्टा र स्लो चार्जरबाट ७ घण्टामा फुल चार्ज गर्न सकिने छ । सेन्सर जडान गरिएको गाडीमा एन्टि बे्रक सिस्टम रहेको बताईएको छ ।
१५ सिटर भ्यानको मूल्य ५८ लाख ५० हजार र १४ सिटरलाई ५७ लाख सम्म मुल्य पर्ने बडिमालिका ट्रडिङ्गका म्यानेजर आमोज सोबले बताए । गाडीमा सेन्सर जडान गरिएकाले कुनै प्रकारको समस्या आएमा अटोमेटिक कटअप हुने भएकाले अत्यन्तै सुरक्षीत रहेको म्यानेजर सोबको भनाई छ ।
डिजेल र पेट्रोलबाट चल्ने भ्यानहरुमा जस्तो सर्भिसमा धेरै खर्च नलाग्ने,चार्ज गर्दा थोरै पैसा लाग्ने,आरामदायक ,वातातरण प्रदुषण नहुने र डिजेल पेट्रोलको प्रयोग नहुने हुदाँ नेपाली पैसाको बचत हुने भएकाले इलेक्ट्रिक भ्यानको प्रयोग नेपालका लागि लाभदायक भएको बताइएको छ । शोरुम उद्घाटन कार्यक्रममा एमएडब्लु भिदृ काठमाण्डौका प्रमुख कार्यकारी अधिकृत तुसार गुप्ता, चिफ अपरेटीङ्ग अफिसर केशबचन्द्र सेन समेतको सहभागिता रहेको थियो ।