धनगढी, १५ चैत/डोटीको बडीकेदार ३ पिपलकुन्टा देखी सुर्खेतको चौकुने १ पाल्पाघाट जेड्ने झुलुङ्गे पुल निर्माण भएको छ । अब डोटी र सुर्खेतको सिधाआवत जावत पैदल मार्ग जोडिएको छ । अब डोटीको बडीकेदार ३ घागल क्षेत्रका र सुर्खेतको चौकुनेका नागरिकलाई आवतजावतका लागि पैदलमार्गका लागि सहज भएको छ ।
चौकुनेको पश्चिमी क्षेत्रका नागरिक डोटीको घागल क्षेत्र र कैलालीको खिमडी क्षेत्रमा हरेका कारोबार र रहनसहन जोडिएकोले नागरिकलाई सहज भएको डोटीको बडीकेदार ३ ओखलढुङ्गाका सिद्धराज बिष्टले जानकारी दिए । झुलुङ्गे पुल मागका लागि स्थानीय, प्रदेश र संघिय सरकार संग पटकपटक धाउद अहिले संघिय सरकार मार्फत पुल सम्पन्न हुन लागेको स्थानीय बिष्टले बताए । यो पुलले अहिले दुबै तर्फका नागरिकको सहज सम्पर्क जोडिएको उनले बताए ।
सुर्खेतका नागरिकहरु डुङ्गाको जोखिमपुर्ण यात्रा अब हटेको सुर्खेत चौकुने गाँउपालिका वडा नम्बर १का वडा अध्यक्ष जिरक बडवालले जानकारी दिएका छन् । वडा नम्बर १का पुर्वी क्षेत्रका नागरिकको हरेकाको सम्बन्ध डोटी र कैलाली तिर भएकोले त्यहाँका नागरिकलाई निकै सहज भएको चौकुने गाँउपालिका वडा नम्बर १का वडा अध्यक्ष बडवालले बताएका छन् ।
शहरी बिकास मन्त्रालय मार्फत स्थानीय पुर्वाधार बिकास कार्यक्रम मार्फत काम भएको स्थानीय पुर्वाधार बिकास कार्यक्रम कार्यालयका ईन्जिनियर अजय यादवले जानकारी दिए । अहिले काम सम्पन्न भैसकेपनि अन्तीम चरणको काम बाकी भएको ईन्जिनियर यादवले बताएका छन् ।
(भिडियो)