बुडर १४ चैत/ डोटीको जोरायल ४ लालीगुराँस सामुदायिक बन उपभोक्ता समुहमा जङ्गलमा रहेका खवर झारपात, खराव हागा, बुट्याङ हटाउने स्तलगत अभ्यास गरिएको छ ।
सब डिभिजन कार्यालय बुडरको आयोजनामा लाली गुराँस सामुदायिक बन उपभोक्ता समूह अन्तरगत बगस्तीका महिलाहरुले स्वस्फूर्त रुपमा सक्रिय भएर उक्त कार्य गर्दै आएका र त्यसैलाई थप उत्प्रेरित गर्न उक्त कार्यक्रम गरियको बन रक्षक प्रेम नेपालीले बताएका छन् ।
सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष जितेन्द्र बोहराले बनजङ्गल हरियाली बनाउन, डडेलोबाट बचाउन सबैले सक्रिय हुनु पर्ने र बन जङ्गल उपभोक्ताकै भएकाले यसको संरक्षण सम्बर्द्धन गर्ने पहिलो भुमिका पनि रहेको बताएका छन् । उक्त कार्यक्रम मा स्थानिय महिलाहरुको उपस्थित रहेको थियो ।