धनगढी,१३ चैत / बैतडी बाट जबरजस्ती करणी र सार्वजनिक कसुर बिरुद्धको मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन । सोमबार सिगास गाउँपालिका – ३ का अमर सिह धामी, मनोज सिह धामी र राजेन्द्र सिह धामी पक्राउ परेका हुन ।
तिनै जनालाई जिल्ला अदालत बैतडीले जबरजस्ती करणी र सार्वजनिक कसुर बिरुद्धको मुद्दामा क्रमशः ३ दिन/३ दिन र ५ दिन कैद सजाय ठहर गरेको थियो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ ।