धनगढी १२ चैत/कैलालीको चिसापानी स्थित कर्णाली पुलबाट नदीमा हाम फाल्ने एक युवक बेपत्ता भएका छन्। सोमवार जिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका हुन्।
दिउसो त्यहाँ केही युवाहरु पुलबाट हाफल्ने गरिरहेका थिए । नदीमा हाम फाल्नुको कारण भने खुलेको छैन्। तर बेपत्ता शाहीको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।