धनगढी ६चैत/सोमबार साँझ काठमाडौँबाट धनगढी आएको श्रीएयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि उडान गर्न सकेको छैन ।सोमबार काठमाण्डौँबाट धनगढीका लागि उडेको एएनएच २२७ उडान नम्बरको श्रीएयरलाइन्सको विमानको अगाठीको चक्कामा प्राविधिक समस्या देखिएपछि मंगलबार उडान गर्न नसकिएको विमानस्थल कार्यालयले जनाएको छ ।
साँझदेखि ग्राउन्डेड गरिएको उक्त विमानको अगाडिको चक्कामा समस्या देखिएकाले मंगलबार उडान हुन नसकेको श्रीएयरलाइन्सका धनगढी प्रमुख गजेन्द्रबहादुर शाहीले बताए । ‘साँझ विमानस्थलमा अवतरण गरेर सबै यात्रु उत्रिएपछि विमानको चक्कामा प्राविधिक समस्या देखिएको थाहा भएको थियो,’ शाहीले भने, ‘अहिले विमानलाई ग्राउन्डेड गरिएको छ । काठमाडौँबाट प्राविधिक टोली आइरहेकाले त्यसपछि समस्या के हो रु भन्ने थाहा होला ।’
धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले पनि विमानको प्राविधिक जाँचपछि मात्र उडान अनुमति दिइने जानकारी दिए । ‘श्रीएयरको विमानमा देखिएको समस्या धेरै ठूलो त होइन तर प्राविधिक गरेर मात्र उहाँहरुले उडान अनुमती पाउनुहुन्छ,’ सिंहले भने ।