धनगढी, ४ चैत/धनगढीमा लागु हुने गरी ‘जग्गा प्लटिङसम्बन्धी नयाँ कार्यविधि, २०८०’ ल्याएको बिरोधमा धनगढी उपमहानगरको कार्यालय घेराउ गरेका छन् । कार्यबिधि लागु भएपछि तिन महिना देखी धनगढीमा कित्ताकाट रोकिएको छ ।
नेपाल जग्गा तथा आवास विकास महासंघको टोली र स्थानीयले कार्यविधी सच्याउनुपर्ने माग राख्दै उपमहानगरको कार्यालय घेराउ गरेका हुन् ।
आईतबार व्यवसायीहरुले उपमहानगरपालिकाको जग्गा प्लटिङ्ग सम्बन्धी कार्यविधिको विरोधमा उपमहानगरपालिकाको गेटमा पुगेर धर्ना समेत दिएका छन् ।उपमहानगरपालिकाले कित्ताकाट गरेर जग्ग्गाको कारोबार सहज गर्नुपर्ने भन्दै घेराउ गरिएको हो।धनगढी वडा नम्बर ७ का कृष्ण रानाले धनगढी उपमहानगरपालिका, मालपोत र अदालतका कारण सर्बसाधारणलाई समस्या भएको बताए । हामी घरमा दाईभाईको अंशबण्डा गर्न खोजिरहेको भएपनी प्लटिङ्ग सम्बन्धी कार्यविधिले काम रोकिएको बताए । बाटो पनी नबनिरहेको उनले भने। जग्गा बेचेर रिण तिर्नुपर्ने र जग्गै बेचेर हरेक कामकाज गर्नुपर्छ उनले भने, बालबच्चाको उच्चशिक्षाको लागी र बिदेश पठाउन समस्या भएको छ ।
जग्गा बेचिरहेकोले कित्ताकाट नगरिदा निकै तनावमा रहेको उनले गुनासो गरेका छन् । धनगढी(७ कै पञ्चराम चौधरीले धनगढीका मेयर गोपाल हमालले आफुहरुको गुनासो सम्बोधन नगरेको बताए। उनले आक्रोश ब्यक्त गर्दै भने, आफ्नो २० फिटमा जग्गा प्लटिङ्ग गर्ने अनी जनतालाई ३३ फिटे बाटोमा लागु गर्ने यो कस्तो न्याय गरेको । उनले भने अंशबन्डाको हकमा बाटो खोल्न नपाईने र आफ्नो मौलिक अधिकार धनगढीका मेयरले कुण्ठीत गरेको उनले आरोप लगाएका छन् ।
उनले हामी जनताको कुरा नसुनेको र आफ्नो कुरा राख्दा उपमहानगरपालिकाको गेट बन्द गराएको उनले बताएका छन् । उपमहानगरपालिकाले आकस्मिक रुपमा ल्याएको कार्यविधिले व्यक्ति तथा जग्गा व्यवसायीहरुलाई समस्या हुने भएको संघर्ष समितिका संयोजक उपेन्द्र अवस्थीले बताए। कार्यविधि सच्याउनु पर्ने व्यवसायीको माग छ ।
धनगढीका जग्गा कारोबारीले कित्ताकाट हुनुपर्ने माग गर्दै घेराउ गरेपनि धनगढी उपमहानगरले बनाएको कित्ताकाट सम्बन्धी कार्यविधिको बिरोध गर्दै सर्वोच्चमा दायर रिटका कारण जग्गाको प्लटिङ र कित्ताकाट रोकिएको उपमहानगरले जनाएको छ। जग्गा कारोबारीले अदालतमा मुद्दा हालेका कारण अदालतको अन्तिम फैसला नआउन्जेल उपमहानगरले चाहेर पनि जग्गाको प्लटिङ र कित्ताकाट गर्ने अवस्था नभएको नगर प्रमुख गोपाल हमालले बताए। नगर प्रमुख हमालले सर्वोच्चमा हालेको मुद्दाका कारण कित्ताकाट रोकिएको बताए।