धनगढी, २२ फागुन / बाँकेको बैजनाथ गाउँपालिका–१ स्थित गाभरभ्याली होमस्टे वार्षिक २ करोडको कारोबार गर्न सफल हुदै कोरोना पछि पुन लयमा फर्किन थालेको छ ।
तराइ भु-परिधी कार्यक्रम (ताल)ले स्थानीयहरु सहभागिता बिना सरक्षण गर्न सकिँदैन भन्दै स्थानीयलाई सरक्षण ल्याउनका लागि आर्याआर्जन र जिबिको पार्जनमा जोड्नको लागि बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा रहेको गाभरभ्याली थारु गाउका बि स २०७० सालमा ५ वटा घरमा होमस्टे सन्चालन गरेको थियो ।
स्थापना काल मा तराई भु-परिधी ताल कार्यक्रमले होमस्टे सन्चालनका लागि विभिन्न किसिमका तालिम , नेतृत्व बिकस तथा जिबिको पार्जनका सीप बिकास लगायतका क्षेत्रमा आर्थिक तथा प्राबिधिक सहयोग दिएको थियो ।
होमस्टे सन्चालन भए पछि बाहय तथा आन्तरिक पर्यटनहरुका लागि सुबिधा सम्पन्न बासका लागि वातावरण मैत्री बस्ने घर निर्माण , रमाउनका लागि आकर्षक कलात्मक तथा सास्कृतिक घरहरु बनाएका छ्न । जहाँ एक पटक गाभर भ्यालि होमस्टे पुग्ने जो कोहिले नजिक बाट थारु सस्कृती लाई बुझ्न पाउने आन्तरिक पर्यटक बिष्णमति चौधरीले बताइन ।
स्थापनाको एक दशक पार गरिसकेको होमस्टेले अहिले होमस्टेको धेरै कार्यक्रम गरेको छ , होमस्टे सन्चालन ५ घर बाट सुरु गरियको अहिले ३७ वटा घरमा होमस्टे सन्चाल गरिएको छ । यहाँ आजभोलि आउने पाहुनाका लागि रैथाने खाना तथा थारु कला सस्कृती ,परम्परागत रुपमा चलेका ढिकीजाँतो, तेल पेल्ने कोल, लडिया, माछा मार्ने हेल्का, राउटे समुदायले निर्माण गर्ने कोसी, ठेकी, काठबाट निर्मित महाकालको मूर्ति, मुगु जिल्लामा प्रचलित जाल लौरी, खजुरी (थाकल)ले तयार पारिएको मयुर, अँट्वा लगायतका परम्परागत बस्तु नजिक बाट आउने पहुनाहरु हेर्न र रमाउने गरेका छन् ।
गार्भरभ्यालिमा आउने बाहय तथा आन्तरिक पर्यटनहरुले बाके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी गर्दै नजिक बाट जंगली जनावर , चराचुरुङ्गीहरु अवलोकन गर्न पाउने होमस्टे सन्चालक समितिका अध्यक्ष कृष्ण बहादुर चौधरी ले जानकारी दिए ।
होमस्टेले वार्षिक २ करोडको कारोबार गर्न सफल भएको छ । आर्थिक रुपमा सफल र सबल बन्दै जादा यसले गर्दा मध्यवर्ती क्षेत्रमा हुने बन्यजन्तु र मानव बिचको द्वन्द्व न्यूनीकरण गर्दै प्लास्टिकले वातावरणसँगै मानवीय स्वास्थ्यमा असर पार्ने भएकाले प्लास्टिक पूर्ण रूपमा बन्देज गरिएको उनको भनाइ छ ।
‘गाभर भ्याली होमस्टेले रैथाने खानाको संरक्षण मात्र गरेको छैन, वातावरण संरक्षणमा पनि एक कदम अगाडि छ, होमस्टे आउने पर्यटकहरुले थारु समुदायमा प्रचलित सख्या, झुम्रा, छोक्रा, पैँया, लट्ठा, मयूर नाच हर्ने सङै थारु पहिरन , सास्कृतिक सङ्ग रमाउने गरेको अध्यक्ष चौधरीले बताए ।