मरो पनि दाइ भएको भए
सायद उसको लागि म पनि अप्सरा बहिनी हुन्थे
माया नै माया मा पुलपुकिएकै हुन्थे
रीस गरेको बेला पनि माया खोज्न बाध्य हुन्थे !
म लाई लोभ छैन कि भाइ टीका र रक्षाबन्धन मा उपहार पाउन सक्थे
सोच्न एक पल्ट मेरो ठाँउ मा बसेर
कति सजिलो हुन्थ्यो
केही कुरा को सरसल्लाह देखि लिएर मान्छे चिन्न सम्म
पूरा दिन आ – आफ्नो कलेज मा बिते पनि साझ पख दिनभरी को कुरा पोख्थे
त्यसपछि रमाइलो को पर्खाइ हुन्थ्यो
अनि झगडा गर्दै आमा ले बनाउनु भएको खाना खान जान्थे !!
आमा बाबा ले अपसरा लाई नै बढी माया गर्नुहुन्छ भने कुरा को त रिस गर्दैन नथियो
अहिले को जस्तो आमा बुबा लाई पनि चिन्ता , पिर हुदैनथ्यो
किनभने उहाँ मा भरिपुर्ण को ज्ञान को बिकास भएको हुन्थ्यो
दिन रात जति झगडा भए पनि एक पल्ट मिठो स्वर मा ए मेरो अपसरा बहिनी भन्दा म दुनियाँ को कुरा भुलेर हासदिन्थे !!!
जति गल्ती गरे पनि आमा बुवा लाई भन्नुहुन्थ्यो
हया कति कराउनु भएको बच्चा हो अहिले
यति बेला गल्ती नगरे कति बेला गर्छिन
गल्ती गर्दै त सिक्ने हो नि …
यति कुरा सुन्दा मेरो मनमा कति को खुशियाली छाउथियो !!!
मेरो जिउ मा पनि कम बोझ हुन्थ्यो
खै के कुन दैव को झोक थियो
दाइ दिनुभएन
तर एउटा दाइ नपाएर मलाई दु:ख लागेको छैन
एउटा दाइ को बदला मैले हजारौं दाइ पाएको मा गर्भ छ ।
– आरती यादव /काठमाडौ