धनगढी,१० फागुन / कैलालीका एक युवक लागुऔषधसहित पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका–१ स्थित एयरपोर्टबाट सोही ठाउँका २३ वर्षीय आरोन थापा बुधवार पक्राउ परेका हुन् ।
उनलाई ९८० मिलिग्राम लागुऔषधसहित इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले पक्राउ गरेको जनाएको छ ।