लवदेव धामी
धनगढी, २० माघ/ कैलाली धनगढी उपमहानगरपालिकाको दक्षिण क्षेत्र तर्फको मुल गेट बाहिरको खाली क्षेत्रमा पार्कीङ्ग शुल्क लगाईने भएको छ ।
पार्कीङ्ग शुल्क उठाउनका लागि धनगढी उपमहानगरपालिकाले माघ १७ गते ठेक्काका लागि बोलपत्र आह्वान गरेको छ । उक्त ठेक्काको न्युनतम मुल्य दुई लाख तोकिएको छ । सुचनाका अनुसार ठेक्का कवुल गरेको संस्थाले मोटरसाईकलको रु १०, तिन पाङ्ग्रे सवारी रु २०, मिनि बस रु ३०को प्रति घण्टाका दरले शुल्क उठाउन पाउने सर्त राखिएको छ । पार्कीङ्ग क्षेत्रमा ठुला सवारी साधन भने राख्न पाईने छैन ।
धनगढी उपमहानगरपालिकाको दक्षिण क्षेत्र तर्फको मुल गेट बाहिरको खाली क्षेत्रमा सार्बजनिक क्षेत्र बनाईएको थियो । उक्त क्षेत्रमा बिभिन्न सार्बजनिक कार्यक्रम, गौरा खेल लगाएतका कार्यक्रम हुदै आएका थिए ।
यस्तो छ सुचना


