धनगढी, ५ माघ/दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको दिवा बस दुर्घटना भएको छ । दार्चुला सदरमुकाम खलंगाबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायात प्रा।लि।को सूप्रप्र०२ ००१ ख १०३१ नम्बरको दिवा सेवाको यात्रुवाहक बस आज विहान महाकाली नगरपालिका वडा नं। ५ को फोहरमैला विसर्जन केन्द्र नजिक दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार चालक सहित १४ जना घाइते भएका छन भने २ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भैरहेको छ ।