• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

घोडाघोडी तालमा सुचक प्रजाती गणना कार्य सुरु

जमुना न्युरे, घोडाघोडी २८ पुस/कैलालीको घोडाघोडी ताल क्षेत्रमा चरा गणना कार्य सुरु भएको छ । चरा संरक्षण नेटवर्क कैलालीको आयोजनामा गणना कार्य सुरु गरिएको हो । कैलाली जिल्लामा धेरै ताल तलैया रहे पनि चराहरुका लागि राम्रो वातावरण घोडाघोडी क्षेत्र रहेको मानिन्छ ।

चरा संरक्षण नेटवर्क कैलाली बिगत लामो समय देखि घोडाघोडी ताल क्षेत्रमा चराहरुको अध्ययन ,अबलोकन ,खोज ,अनुसन्धान गर्दै आईरहेको छ । सोहि अनुरुप यस पटक पनि चरा गणना कार्य सुरु भएको हो । घोडाघोडीमा सुचक प्रजाती गणना बर्षको २ पटक गर्ने गरिन्छ । हिउद र गर्मि गरि छ /छ महिनामा गणना गरिन्छ ।

चरा संरक्षण नेटवर्क कैलाली,नेपाल पंक्षी संरक्षण सङ्घ, पहलमानपुर डिभिजन वन कार्यालयका प्रतिनिधि लगायत स्थानीय संरक्षणकर्मी सहितको टोली शनिबारदेखि यस वर्षको चरा गणनामा छ ।

चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरी र नेपाल पन्क्षी संरक्षण सङ्घका सहजकर्ता हिरुलाल डंगौराको नेतृत्वमा दुई वटा समूहमा बिभाजन भई चरा गणना भईरहेको छ । घोडाघोडी ताल क्षेत्रमा चराहरु पहिले जति देखिन छोडेको चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरीले बताए । चौधरीले , “पहिला हजारौको संख्यामा चराहरु देख्न पाईन्थ्यो अहिले संख्या घट्दै गएको छ । घोडाघोडीमा अन्य ताल भएपनि घोडाघोडी ताल र नकरोड ताल चराको उचित वासस्थानका रुपमा रहेका छन ।

मानव गतिविधि कम हुने क्षेत्र नकरोडमा चराको सङ्ख्या बढ्दै गएपनि घोडाघोडी तालमा मानव गतिविधि बढी भएकाले र नकरोड तालमा चोरी सिकारी हुने भएकाले चराहरूको सङ्ख्या घट्दै गएको अध्यक्ष चौधरीले बताए ।

आहाराको कमी र असुरक्षित वासस्थानका कारण चराहरू लोप हुँदै गएको नेपाल पंक्षी संरक्षण संघका सहजकर्ता हिरुलाल डगौराले बताउए । आहार खाईसकेपछि चराहरुलाई आराम स्थल चाहिन्छ डगौराले भन्नुभयो, वासस्थान असुरक्षित बन्दै गएपछि चराको सङ्ख्या पनि घट्दो क्रममा छ ।

चरा गणनामा पुग्नु भएका डिभिजन वन कार्यलय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुरले घोडाघोडी क्षेत्रलाई संरक्षण गर्न आवश्यक रहेको बताए । घोडाघोडी ताल नेपालको पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरिएको हो, तर अहिले सम्म प्रदेश सरकारले कुनै ध्यान नदिएको बताउदै ठाकुरले बताए ,डिभिजन बन कार्यलयको बन्दै गरेको पञ्च बर्षिय योजनामा संरक्षणका कार्यक्रमहरु ल्याउने छौ ।

सिमसार क्षेत्रमा आश्रित रैथाने, आगन्तुक चराहरूको विवरण, अवस्था पत्ता लगाई संरक्षणमा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई चेतना अभिवृद्धि गरी संरक्षणमा हातेमालो गर्न हरेक वर्ष घोडाघोडी क्षेत्रमा सुचक प्रजाती हरिहास , मगरगोहि र जङ्गलि धान गणना गर्ने गरिन्छ । नेपालमा मात्र पाइने अधिकांश चराहरूको वासस्थान रहेको घोडाघोडी ताल क्षेत्रमा संख्या घट्दै गएपनि नया प्रजातिका चराहरु थपिने क्रम पनि जारी छ ।

घोडाघोडीमा ३८० प्रजातिका चरा पाइने गर्छन् । चराहरूको महत्त्वपूर्ण बासस्थल भएको हुँदा २७ फाल्गुन २०७८ मा घोडाघोडी क्षेत्रलाई नेपालकै पहिलो बर्ड सेन्चुरी चरा अभय आरण्य क्षेत्र घोषणा गरिएको थियो ।

शनिबार, पुष २८, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.