धनगढी १८ पुस/कैलालीको धनगढी उपमहानगरपालिका–१६ भादामा मंगलबारदेखि भादा महोत्सव २०८० सुरु भएको छ। संरक्षण र सम्वद्र्धन के लाग सक्कुजन करी काम सस्कृति भेषभुषा राखी हमरा पहिचान थारु होमस्टे गाउँ भादा महोत्सव भन्ने मुल नाराका साथ थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा सो महोत्सव सुरुभएको हो।
महोत्सवको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले महोत्सवले थारु जातीको परम्परा सांस्कृति खानपान, भेषभुषा, सिप कला, प्राकृतिक सम्पदाको संरक्षण र स्वरोजगारमा महत्वपूर्ण योगदान पुर्याउन सफल हुने बताए। उनले थारु होमस्टे भादा गाउँमा आएका आन्तरिक र बाह्य पर्यटकलाई एक दिन मात्रै राती भादामा बसाउन सक्ने वातावरण भयो भने यस क्षेत्रको विकास, रोजगारी र आय आर्जनमा निकै महत्वपूर्ण फाइदा पुग्ने बताउँदै यसका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार लागि पर्ने बताए ।
उनले भने, यस वडामा रहेको प्रसिद्ध मन्दिर बेहडाबाबामा दर्शकन र तालमा घुम्न आउने आउने पर्यटकलाई यस गाउँ सम्म पुर्याउने बातावरणका लागि पनि स्थानिय सरकार र प्रदेश सरकार मिलेर काम गर्न सकिन्छ । यसका लागि स्थानिय सरकारलाई आवश्यक योजना बनाउन अनुरोध गर्दछु। स्थानिय तहलाई अव प्रशासनिक केन्द्र मात्र नभएर आय आर्जनका श्रोतहरु निर्माण गर्ने केन्द्रकारुपमा पनि विकास गर्नु पर्छ त्यसका लागि यसक्षेत्रका पर्यटन निकै महत्वपूर्ण श्रोत हो ।
भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले दिएको ज्ञापनपत्र अनुसार थारु संग्रालय निर्माण, जोगिनी तालमा पिकनिक स्पोर्ट निर्माण, भादा गाउँदेखि भित्री चोक विद्यालय सम्म जानेबाटो कालोपत्रे, होमस्टे घरमा एटच बाथरुम निर्माण,लेहेन्गा चोली र ढकिया निर्माण तालिम, कनरी देखि उर्मा भादागाउँ बेहडाबाब जाडने सडक र चौमाला देखि भादा जोडने सडक र क्याम्पस रोड देखि बेहडाबाबा जोडने सडक र नदीमा पुल, होमस्टे भादा घुरही खानेपानी योजना आदीमा मेरो मन्त्रालयबाट हुने कामहरु केही यो वर्ष बजेट विनियोजन भएका आयोजनालाई चाडो भन्दा चाडो गर्ने र अन्य मन्त्रालयबाट हुने कामहरुमा पनि पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्दछु उनले भने।
कार्यक्रममा प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीले महोत्सवले थारु समुदायको मौलिक संस्कृतिक सखिया, झुम्रा मघौटा लट्टी बैठकी नाँच लगायत मौलिक परिकार ढिक्री, खरिया, फुलोरी, अण्डीक भात, पनझरा कचरीक, बरिया, घोगी गेङगटा, सुटही मुसाको सेकुवा जस्ता परिकार पर्यटकका लागि निकै आकर्षक रहकोले यीनीहरुको संरक्षण र सम्वद्र्धनमा महत्वपूर्ण भूमिका रहने बताए ।
उनले यस वडामा रहेको प्रसिद्ध मन्दिर बेहडाबाबामा दर्शन र तालमा घुम्न आउने पर्यटकलाई मध्यनजर गर्दै यस गाउँको विकासका लागि हातेमालो गरेर अघि बढ्ने बताए । लक्ष्मिनारायण चौधरी अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी, सुदुर पश्चिम प्रदेश सभाका उप सभामुख कोइलीदेवि चौधरी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिले शुभकामना व्यक्त गरेका थिए । २०६८ सालदेखि निरन्तर आयोजना हुँदै आएको थारु होमस्टे गाउँ भादा महोत्सवको ११ औ संस्करणको हो ।