धनगढी, ६ पुस/नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघका महासचिव छत्र बम सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनका लागि तालिम तथा स्वरोजगार उपसमितिको सदस्य पदमा मनोनीत भएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले उनलाई तालिम तथा स्वरोजगार उपसमितिको सदस्य पदमा मनोनयन गरेको हो ।सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा आगामी फागुन २३ र २४ गते धनगढीमा सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन हुँदैछ ।
उक्त सम्मेलन सफल पार्न कार्यकारी समिति अन्तर्गतको तालिम तथा स्वरोजगार उपसमितिको सदस्य पदमा बमलाई मनोनयन गरिएको प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले उल्लेख गरेका छन् ।
उनले विकास सम्मेलनमा तालिम तथा स्वरोजगार सम्बन्धी परियोजनाका लागी स्वदेशी तथा वैदेशीक लगानी भित्र्याउन बमको अनुभव, विज्ञता र सम्बन्धका माध्यमबाट महत्वपूर्ण योगदान पुग्ने विश्वाससमेत व्यक्त गरेका छन् । बम लामो समयदेखि तालिम तथा स्वरोजगारको क्षेत्रमा कार्यरत छन् ।