धनगढी ३ पुस/कैलालीको धनगढी र भजनीमा भन्सार छलीका सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका–२ ट्राफिकचोक र बालुवाघाटबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका सामान बरामद गरिएका हो ।
प्रहरीका अनुसार अन्दाजी २५ हजार ३ सय ५० रुपैयाँ मूल्य बराबरको चिनी, प्याज, सुर्ती, प्लाष्टिक, चकलेट, बिडी लगायतका सामान बरामद गरिएको छ । भजनी नगरपालिका-३ कांडा र ढुसीबाट अन्दाजी ४३ हजार ८ सय २० रुपैयाँ मूल्य बराबरको चिनी, स्वीट सुपारी लगायतका सामान सोमवार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उक्त सामान प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताइएको छ ।