• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीमा प्लटिङको नयाँ मापदण्ड, मेयरले एकलौटी गरेको आरोप

धनगढी, २७ मंसिर/कैलालीको धनगढी उपमहानगरपालिकामा अब जग्गा प्लटिङ गर्नको लागि नयाँ मापदण्ड तयार गरिएको छ । धनगढी उपमहानगरपालिकाको कार्यपालिका बैठकले धनगढीको लागि नयाँ मापदण्ड पारित गरेको हो ।

धनगढी उपमहानगरपालिकाको जग्गा सम्बन्धी कार्यविधि २०८० समेत राजपत्रमा प्रकाशित गरिसकेको छ । आइतबार बसेको कार्यपालिका बैठकले उक्त कार्यविधि पारित गरेको र सोमबार उक्त कार्यविधि राजपत्रमा प्रकाशित गरिएको राजपत्रमा प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ ।धनगढी दिनप्रतिदिन तीव्र सहरीकरणतर्फ अघि बढिरहेकोले उप–महानगरपालिकाले ‘राष्ट्रिय भवन निर्माण संहिता’ र ‘भवन तथा योजना मापदण्ड –२०७४’ कार्यान्वयनमा ल्याएको राजपत्रमा उल्लेख गरेको छ ।

२०७२ साल वैशाख १२ गते नेपालमा गएको विनाशकारी भूकम्प पश्चात् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन कार्यलाई सम्बोधन गर्ने गरी प्राप्त निर्देशन तथा मार्गदर्शन बमोजिम जग्गा खण्डीकरण, जग्गा विकास तथा प्लटिङलाई अनिवार्य व्यवस्थित गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

सहरी योजना तथा भवन निर्माण मापदण्ड–२०८० बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड–२०७२ र स्थानीय सरकार सञ्चालन ऐन,२०७४ दफा ११ को उपदफा ५ को खण्ड ९क० लाई समेत आधार बनाई धनगढी उप–महानगरपालिकाले ‘धनगढी उप– महानगरपालिका जग्गा प्लटिङ सम्बन्धी कार्यविधि,२०८०’ बनाई लागु गरेको बताएको छ ।

उक्त कार्यविधिमा जग्गा प्लटिङको इजाजत सम्बन्धी निर्णय गर्न समिति गठन गर्ने उल्लेख गरिएको छ । नगर प्रमुख संयोजक रहने उक्त समितिमा उपप्रमुख सहित प्रमुख प्रशासकीय अधिकृत, पूर्वाधार विकास समिति संयोजक , सहरी विकास तथा पूर्वाधार विकास महाशाखा प्रमुख , कानुन शाखा प्रमुख सदस्य रहने उल्लेख गरिएको छ । उक्त समितिमा सम्बन्धित काम गर्न खटाएको इन्जिनियर सदस्य सचिव रहने व्यवस्था गरिएको छ।

उक्त कार्यविधि अनुसार अब जग्गा प्लटिङ गर्दा जग्गामा बाटोको चौडाइ कम्तीमा १० मिटरको हुनु पर्ने नयाँ बाटोको घुम्ती वा मोडको न्यूनतम अर्ध व्यास बाटोको चौडाइ भन्दा २० प्रतिशतले बढी हुनुपर्ने जनाइएको छ ।

जग्गा प्लटिङ गर्दा जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन, वातावरण सन्तुलन तथा हरित नगरलाई समेत सम्बोधन गर्ने गरी न्यूनतम ५ प्रतिशत खुल्ला जग्गा राखी उक्त जग्गामा वृक्षारोपण, सार्वजनिक धारा, शौचालय, सूचना पाटी, पुस्तकालय, खेल मैदान, बाल उद्यान तथा सार्वजनिक भवनका लागि छुटाउनु पर्ने उल्लेख छ ।पैतृक सम्पत्ति बेचबिखन गर्दा र अंश बन्डा गर्दाको यो कार्यविधिमा भएको कित्ता काट सम्बन्धी व्यवस्था लागू नहुने जनाइएको छ ।

राजश्वको व्यवस्था

प्लटिङ कर्ता वा संस्थाले ५ कट्टा सम्मको प्लटिङ लागि एकमुष्ट पाँच हजार मात्र उप– महानगरपालिकामा राजस्व बुझाउनु पर्नेछ ।५ कट्टा भन्दा माथि १५ कट्टा सम्मको भएमा ५ कट्टा पाँच हजार मात्र र सो भन्दा माथि १५ कट्टा सम्म प्रति कट्टा दुई हजारका दरले हुन आउने एकमुस्ट रकम उप–महानगरपालिकामा राजस्व बुझाउनु पर्नेछ ।

१५ कट्टा भन्दा माथि भएमा १५ कट्टा सम्म पच्चिस हजार र सो भन्दा माथि प्रति कट्टा एक हजार मात्र का दरले हुन आउने एकमुस्ट रकम उप–महानगरपालिकामा राजस्व बुझाउनु पर्नेछ ।

कार्यपालिकामा विरोध,राजपत्रमा प्रकाशित

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आइतबार बसेको कार्यपालिका बैठकमा जग्गा सम्बन्धी कार्यविधि २०८०को प्रस्ताव ल्याएका थिए । कार्यपालिका बैठकमा उपस्थित सदस्यहरूलाई यस विषयमा बैठक अगाडि जानकारी दिइएको थिएन ।

बाटोको चौडाइ कम्तीमा १० मिटरको हुनु पर्ने नयाँ मापदण्ड सहित ल्याएको कार्यविधि वडा नम्बर १८ का अध्यक्ष भुवन रिजालले उठेरै विरोध गरे । थप परामर्श र छलफल नगरी उक्त प्रस्ताव पारित गर्न नसकिने रिजालले बताए ।‘कुनै छलफल विना मेयर साहेबले प्रस्ताव ल्याएपछि मैले उठेरै विरोध गरे’ उनले भने ‘थप परामर्श र छलफल गरी उक्त प्रस्ताव अगाडि बढाउने सहमति भएको हो ।’

अन्य वडाध्यक्षहरूले पनि तत्काल पारित गर्नु भन्दा पनि छलफल गरेर अगाडि बढाउने सहमति भएपछि बैठक सकिएको थियो । मङ्गलबार धनगढी उपमहानगरपालिकामा सबै वडाध्यक्षहरू जम्मा भएर त्यस विषयमा साझा धारणा बनाउने योजना बनाएका थिए । तर, उक्त छलफलमा मेयर उपस्थित भएनन् । करिब आधा भन्दा धेरै वडाध्यक्षहरू मङ्गलवार उपमहानगरपालिकामा जम्मा भएका थिए । उनीहरूका अगाडि प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले आफूले पनि त्यसमा हस्ताक्षर नगरेको जनाएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले निर्णयमा हस्ताक्षर नै नगरेको बताएको कार्यविधि सोमबार नै राजपत्रमा प्रकाशित भएको पाइएको छ । मङ्गलबार मेयरसँग छलफल गर्न आएका वडाध्यक्षहरूले कार्यपालिका बैठकमा पारित नै नगरेको कार्यविधि राजपत्रका प्रकाशित भएको थाहा पाएपछि थप चिढिएका थिए ।

‘हामीले पारिनै गरेका थिएनौँ । थप अध्ययन गर्ने गरी समय दिन र सुझावहरू लिन हाम्रो माग थियो । त्यसैमा सहमति भएर कार्यपालिका बैठक सकिएको हो’ वडाध्यक्ष रिजालले भने ‘आज त्यो राजपत्रमा आएको देखेर हामी पनि अचम्मित छौँ ।’

अन्य वडाध्यक्षहरूले पनि आफूहरूले पारित नगरेको प्रस्ताव मेयरले राजपत्रमा प्रकाशित गरेको भन्दै विरोध गरे । वडा नम्बर ४ का वडाध्यक्ष बुद्धि बहादुर खड्काले बाटोको मापदण्ड राख्ने विषयमा फरक फरक मतहरू आइरहेको बेला मेयरले हतारमा राजपत्रमा प्रकाशित गरेको बताए । ‘बाटो कति मिटरको राख्ने भन्ने विषयमा फरक फरक कुरा आइरहेका थिए । अस्ति कार्यपालिकामा पनि थप छलफल गर्ने कुरा भएको हो तर, राजपत्रका प्रकाशित भइसकेको रहेछ‘ उनले भने यस ‘विषयमा फेरी छलफल हुन्छ ।’

नेपालप्रेस अनलाईनबाट

बुधबार, मङि्सर २७, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.