धनगढी, ३० कार्तिक/कैलालीमा युवतीको बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। कैलालीको लम्कीचुहा नगरपालिका–३ ढुंगे बजारकी मानसिक सन्तुलन ठिक नभएकी ३० वर्षीया एक युवतीलाई करणी गरेको आरोपमा एक जना पक्राउ परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोही ठाउँका स्थानीय ४५ वर्षीय प्रकाश जैसीलाई पक्राउ गरिएको हो। ती युवतीलाई घरमा कोही नभएको मौका छोपी बुधवार साँझ करिब ६ बजे जैसीले करणी गरेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएपछि प्रहरी निरीक्षक हरीराम डाँगीको नेतृत्वमा खटिएको टोलीले जैसीलाई पक्राउ गरेको छ। पक्राउ परेका जैसीमाथी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।