धनगढी, २९ कार्तिक/धनगढी उपमहानगरपालिका वडा नम्बर २का वडा अध्यक्ष धर्मराज ओझको घरमा चोरी भएको छ । मंगलबार राति सुतेको घरबाट नलकामा लगाएको मोटर चोरी भएको प्रहरीले जनाएको छ ।
सुतेको मौका छोपि धनगढी २ तिल्केताल नजिक रहेको घरबाट दुई बटा मोटर नलका बाट उखेलेरै चोरी गरेको वडा अध्यक्ष ओझाले जानकारी दिए । त्रिनगर प्रहरी चौकीबाट प्रहरी आई घटनाको मुचुल्का बनाई चोरको खोजि गर्ने बताएको छ । सिमा क्षेत्र भएकोले सो क्षेत्रमा चोरीका घटना दिनहु भैरहने वडा अध्यक्ष ओझाले बताए ।