धनगढी, २५ कात्तिक/ एउटा कुखुरामा स्थानीय सरकारले कति रुपियाँ सम्म कर लगाउला रु १०/५ वा त्यो भन्दा थोरै रु तर सुदूरपश्चिमको एक मात्रै उप–महानगरपालिका धनगढीले प्रति गोटा कुखुरा र हाँसमा लगाएको कर सुन्दा सबैलाई अचम्मीत बनाउँछ ।
धनगढी उप–महानगरपालिकाले एउटै कुखुरा र हाँसमा ५० रुपियाँ कर लगाएको छ । कुखुरामा अचाक्ली कर लगाएपछि ब्यावसायीहरु हैरान भएका छन् । एउटा राम्रो कुखरामा किसानलाई कुखुरामा कति फाईदा आउँदा धनगढीका कुखुरा ब्यावसायी मदन भण्डारीले भने,‘ चल्ला र दानाको पैशा तिर्न सकिरहेका छैनौं ऋण खोजेर उप–महानगरपालिकालाई कर बुझाईरहेका छौं ।” कर घेरै भयो भन्दा कर उठाउने ब्यक्तिले उल्टै धम्क्याउने गरेको गुनासो किसानहरुको छ ।
एउटा कुखुरो घेरैमा २ देखि अढाईकिलोको हुने गरेको किसानहरु बताउँछन् । हाम्रो धनगढी बनाउँछौ, किसानलाई राहत दिन्छौं भन्ने मेयर गोपाल हमाल सरको सरकारले उल्टै किसान र सर्वसाधारणको ढाडसेक्ने गरि कर भण्डारीले भने,‘ मासु पसलेहरुले पनि नगरपालिकाले कर बढाएको भन्दै त्यसको मार हामीमै पार्दछन् ।”
अचाक्ली कर लगाएकै कारण धनगढीमा धेरैले कुखुरा पाल्न छोडेको किसानहरु बताउँछन् । धनगढी उप–महानगरपालिकाले सालको पात बेच्नेहरु संग हाटबजारमा प्रति दिन ३५ रुपियाँ, साईकल, ठेलाहरुमा तरकारी बेच्नेहरु संग दैनिक १ सय , धानको भुसामा ५० रुपियाँ कर लगाएको पाईएको छ ।
ठेला ब्यावसायीहरुका अनुसार पहिले २५ रुपियाँ दैनिक नगरपालिकालाई कर तिर्नुपर्नेमा अहिले १ सय रुपियाँ तिर्नुपरेको छ । जो पहिले भन्दा अहिले झण्डै ३ सय प्रतिशत बृद्धि हुन आउँछ । धनगढी उप–महानगरपालिकाका राजश्वशाखा प्रमुख योगेन्द्रबहादुर चन्दले कुखुरा हाँस प्रतिगोटामा ५० रुपियाँ कर लिने गरि ठेकेदार कम्पनी वालाजी कन्सट्रक्सन संग सम्झौता भएको बताए । उनले कर उठाउने काम ठेकेदार कम्पनीले नै गरिरहेकाले बढी लिएको पाईएमा कार्वाही गरिने भन्दै यस अघि नै पत्र काटिसकेको बताए ।