बझाङ १० कार्तिक/बझाङ बाट काठमाडौंका लागि आरामदायिक सुबिधा सम्पन्न बस सेवा सुचारु भएको छ । खप्तड यातायात प्रालिद्धारा सञ्चालित एसी डिलक्स सेवा सहितको बस आज एक कार्यक्रमका बीच बाजा गाजा सहित शुभारम्भ गरिएको हो । अब बझाङबाट सिधा काठमाडौँ सम्मको यात्रा गर्न सकिने छ । सेवाग्राहिहरुको माग अनुसार सञ्लाक समितिको बैठक पछि एसी सहितको गाडी सञ्चालनमा आएको हो । प्रालिले बझाङबाट काठमाडौंका लागि नयाँ बस सेवा थप गरेको हो । सदरमुकामको नया बसपार्कबाट काठमाडौंका लागि छुट्ने बसको जिल्ला समन्वय समितीका प्रमुख नर बहादुर बोहराले रिबन काटेर उद्घाटन गरेका छन् ।
यसी डिलक्स बस सेवा सुचारु सँगै जिल्लामा आउने जाने यात्रु एवं पर्यटकहरुलाई सुबिधायुक्त सेवा प्रदान गर्ने खप्तड यातायात प्रालिका अध्यक्ष अनन्त जोशीले बताए । साथै जिल्लाभर सडक बिस्तार हुँदै गए आफना सेवाहरूलाई त्यहीँ बिस्तार गर्ने उनले प्रतिवदता व्यक्त गरेका छन् । फोल्डीङ्ग सिट, एसी सुबिधा सम्पन्न डिलक्स बस बझाङबाट प्रत्येक दिन बिहाने ७ बजे काठमाडौंका लागि छुट्ने खप्तड यातायात प्रालिका अध्यक्ष जोशीले बताए ।