धनगढी, १० कार्तिक/सरकारले दिएको बडादशैँको बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुल्दैछन्। सरकारले कात्तिक ४ फूलपातीदेखि ९ गते द्वादशीसम्म बिदा दिएको थियो।
आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलोतर्फ फर्किने बढेका छन्। बडादशैँ भने भोलि पूर्णिमा का दिन समापन हुनेछ।