धनगढी, २१ असोज/आफ्नो व्यवसाय शुरु तथा सुधार प्रशिक्षक प्रशिक्षण तालिम धनगढीमा सम्पन्न भएको छ । सुदुरपश्चिमाञ्चल पोलिटेक्निकल ईन्स्टिच्युट प्रा.लि. धनगढी कैलालीको आयोजनामा १० दिने तालिम आईतबार सम्पन्न भएको छ ।
सुदुरपश्चिमाञ्चल पोलिटेक्निकल ईन्स्टिच्युट प्रा.लि. धनगढीका प्रवन्ध निर्देशक सुजितराज शर्माको अध्यक्षतामा भएको समापन कार्यक्रमको सुदुरपश्चिम प्रदेश सरकारका उद्योग‚ पर्यटन‚ वन तथा वातावरण मन्त्री माननीय रमेश धामी प्रमुख अतिथी रहेका थिए । तालिममा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट ३० जना उद्यम विकास सहजकर्ताहरुको सहभागीता रहेको थियो । तालिमको सहजिकरण प्रमुख प्रशिक्षक भिमबहादुर बिष्ट र सहायक प्रशिक्षक नरेशप्रसाद भट्टले गरेका थिए ।
बिन्दु चन्दले स्वागत मन्तव्य राखेको तालिमको समापन कार्यक्रममा सहभागिहरुका तर्फबाट तालिमको सिकाई, उपलव्धि र भविश्यमा यसको प्रयोगका बारेमा सहभागी सन्तोष डडालले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपाल सुदुरपश्चिम प्रदेश समितिका अध्यक्ष नरेशप्रसाद भट्टले उद्यम विकास सहकर्ताहरुको वर्तमान अवस्था भविश्यमा प्रदेश सरकारका तर्फबाट चालिनु पर्ने कदमहरुलाई समेटी सुदुरपश्चिम प्रदेश सरकार उद्योग‚ पर्यटन‚ वन तथा वातावरण मन्त्री माननीय श्री रमेश धामी ज्युलाई ६ बुँदे ज्ञपान पत्र बुझाएका छन् ।
समापन कार्यक्रममा वनमन्त्री रमेश धामीले उद्यम विकास सहजकर्ताहरुको भविश्यका बारेमा आफु चिन्तित रहेको बताएका छन् । उनले मन्त्रालय उद्यम विकास सहजकर्ताहरुसित सहकार्य गरेर अगाडी बढ्ने बताउदै प्रदेशले निर्माण गरेका ऐन नियम तथा कानुनहरुलाई पुर्ण रुपमा कार्यान्वयनमा ल्याउनका लागि पहल गरिरहेको र अन्य आवश्यक पर्ने कानुनहरु निर्माणका लागि पहल गर्ने कुरामा जोड दिए ।