धनगढी १७ असोज/धनगढी–अत्तरिया ६ लेन सडकको धनगढी ट्राफिक चोकदेखि गेटा विमानस्थल गेट खण्डमा जडित ‘स्मार्ट स्ट्रिट लाइट’ ठाउँठाउँमा बन्द भएका छन् ।
धनगढी उपमहानगरपालिका प्रमुखको सचिवालयले उक्त सडक बत्ती सुचारु गर्नका लागि सम्बन्धित निर्माण कम्पनीलाई जानकारी गराइसकेको बताएको छ । तर, मर्मतका लागि समेत काठमाडौबाट म्यानपावर झिकाउनु पर्ने भएकोले केही समय लाग्न सक्ने मेयरको सचिवालयले जानकारी दिएको छ ।
धनगढी उपमहानगरपालिका र नेपाल विद्युत् प्राधिकरणअन्तर्गत राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाको दुई करोड ६९ लाख ५८ हजार रुपैयाँको लगानीमा बत्ती जडान गरिएको थियो । लाइट जडान गरिएपछि यो खण्डको ६।६ किलोमिटर सडक खण्डको लगभग १।८ किलोमीटर लाइट बन्द भएको हो । लाइट बन्द भएपछि उक्त सडक क्षेत्र अन्धकार भएको छ ।
अन्धकार हुँदा सडक दुर्घटना हुन सक्ने भन्दै सरोकारवालाले उपमहानगरपालिकालाई छिट्टै मर्मत गर्न सुझाव दिएका छन् ।उक्त सडक बत्तिको गत फागुन ११ गते सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले उद्घाटन गरेका थिए ।