धनगढी, १२ असोज बेचबिखनका लागि भारत लगिरहेको अवस्थामा कञ्चनपुरबाट २ किशोरीको उद्दार गरिएको छ ।
जिल्लाको बेलौरी नगरपालिका-१० को भुडा चौकीबाट खटिएको प्रहरी टोलीले भारतीय बजार कम्बोजनगरबाट भारत पसिरहेका २ किशोरीको उद्दार गरेको हो ।
बेलौरीकै स्थानीयका अनुसार उनीहरूको उमेर १३ र १४ वर्ष पुगेको छ । प्रहरीसँग उनीहरूले भारत हुँदै कोरिया जान लागेको बताएका थिए ।
उनीहरूलाई बेचबिखनका लागि फकाएर कसैले लगिरहेको आशंकामा उद्दार गरिएको प्रहरीले जनाएको छ ।