धनगढी, ८ असोज/ बझाङमा जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । छविस पाथिभेरा गाउँपालिका वडा नम्बर १ सुङ्गला बस्ने २८ वर्षीया महिलालाई घरमा कोहि नभएको बेला मौका छोपी वर्ष १३ का बालकलाई प्रहरीले पक्राउ गरेको हो ।
जबरजस्ती करणी गरेको आरोपमा आईतबार राति ९ बजे तिर स्थानिएले थाहाँ पाउना साथ प्रहरी पोष्ट बगडगाँउमा जानकारी गराउना साथ तत्कालै जबरजस्ती करणी गर्ने बालकलार्ई प्रहरी टोली खटी राति ९ः३० बजेको समयमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी दिपेश चौधरीले जनाईएको छ ।