धनगढी,३१ भदौ/कैलालीको धनगढी उपमहानगरपालीका वडा न. २ शिखर टोलमा चट्याङ्ग पर्दा एक घरमा क्षति पुगेको छ । तेजबहादुर ऐरको घरमा चट्याङ्ग पर्दा घरमा क्षति पुगेको वडा नम्बर २ का वडा अध्यक्ष धर्मराज ओझाले जानकारी दिए ।
चट्याङ्ग परेर ऐरको घरको छतमा प्वाल परेको छ भने फिल्लर समेत चर्किएको छ । चट्याङ्ग परेको घरको बिद्युत मिटर बक्स जलेर सर्ट हुदा दुई एसी, एक टिभी र सम्पुर्ण वाईरिङ्ग जलेर नष्ट भएको घरमुली ऐरले जानकारी दिइ ।
घरमा बसेका मानिसहरु भने सुरिक्षत रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५० लाख बराबरको क्षति भएको बताइएको छ । दुई तले ८ कोठे पक्की घरमा चट्याङ पर्दा छतमा प्वाल परेर क्षति पुगेको प्रहरीले जनाएको छ।