लबदेव धामी
धनगढी, २८ भदौ / डडेल्धुरा विद्यार्थी समाज ऐश्वर्यको आयोजनमा गजल प्रतियोगीता सम्पन्न भएको छ। युवा कवि मोतीराम भट्टको १५७ औं जन्मजयन्ती अवसरमा प्रतियोगिता आयोजना गरिएको डडेल्धुरा विद्यार्थी समाज ऐश्वर्यका सचिव महेश बडुले बताउनुभयो।
बिहान ८ बजे देखि ऐश्वर्य बहुमुखी क्याम्पसको सभाहलमा कार्यक्रम सञ्चालन गरिएको हो । प्रतियोगितामा १६ जना प्रतियोगीको सहभागीता रहेको सचिव बडुले बताउनुभयो।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने क्रमशः कैलाश बोगटीलाई नगद ४ हजार, सिद्ध समर्पणलाई नगद ३ हजार र मिरु शाहानीलाई नगद २ हजारका साथै तीनै जना प्रतियोगीलाई प्रमाणपत्र समेत प्रदान गरिएको डडेल्धुरा विद्यार्थी समाज ऐश्वर्यका सचिव बडुले वताएका छन्।