धनगढी, २६ भाद्र/धनगढीमा निर्माण तथा हार्डवेयर मेला ९हार्डवेयर एक्सपो० हुने भएको छ। कैलाली हार्डवेयर व्यवसायी संघले असोज १० गतदेखि १४ गते सम्म धनगढीको सौँराइ स्क्वायरमा एक्सपोको आयोजना गर्ने भएको हो । निर्माण सामाग्रीहरूको प्रदर्शनीका लागि एक्सपोको आयोजना गर्न लागिएको कैलाली हार्डवेयर व्यवसायी संघले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको छ ।
कैलाली जिल्ला भित्र छरिएर रहेका निर्माण सामाग्री तथा हार्डवेयर व्यवसायीहरूको छाता संगठन कैलाली हार्डवेयर व्यवसायी संघ द्वारा व्यवसायीक र वस्तुगत बजार विकासका लागी वि।स।२०७५ देखि निर्माण सामग्री र हार्डवेयर एक्सपोको सुरुवात गरिएको हो । आफ्ना उपभोक्ताहरुद्धारा आफ्ना घर निर्माणका लागी चाहीने विभिन्न किसिमका वस्तुहरू एकै छातामुनि अवलोकन गरेर त्यसको गुणस्तर बुझेर आफूलाई आवश्यक वस्तुको निर्णय गर्न सक्ने गरी आफूहरूले वर्षमा एक चोटि एक्सपोको आयोजना गरिएको हो ।
विभिन्न क्याम्पसका व्यवस्थापन र विज्ञान विषयका विद्यार्थीहरूको लागी यो एक्सपो एउटा विषयगत प्लेटफर्म हो । जहाँ उनीहरूले पाँच दिन सम्म एउटा महत्त्वपूर्ण व्यवहारिक ज्ञानको रूपमा अध्ययन गर्न सक्ने कैलाली हार्डवेयर व्यवसायी संघले जनाएको छ ।
समग्रमा सुदूरपश्चिमको विकासमा यस एक्सपोको ठुलो र महत्त्वपूर्ण भूमिका हुने विश्वास संघले लिएको छ । निःशुल्क प्रवेशको व्यवस्था, सम्पूर्ण निर्माण सामग्री तथा कम्पनीहरू एउटै छाना मुनी, ५० भन्दा बढी कम्पनी तथा व्यवसायीहरूका स्टलहरू अवलोकन गर्न सकिन, नयाँ प्रविधि, उपकरण र मेसिनरीहरू समानहरूको अवलोकन तथा जानकारी लगायतका मुख्य आकर्षण रहने संघले बताएको छ ।
असोज १० गतदेखि १४ गते सम्म आयोजना हुने एक्स्पोमा सामाग्री खरिद गर्दा ५० प्रतिशतसम्म छुटको व्यवस्था, लक्की ड्रमाफर्त दैनिक ५ जना अवलोकनकर्ता लाई आकर्षक पुरस्कार र लक्की ड्रमाफर्त अन्तिम दिन ३ जना भाग्यमानी अवलोकनकर्तालाई बम्पर उपहार दिने समेत कैलाली हार्डवेयर संघले जनाएको छ ।
कैलाली हार्डवेयर व्यवसायी संघका अध्यक्ष कुबेर शाहीले निर्माण सामाग्रीको खरिदमा छुट सहितको मेलाको आयोजन गर्न लागिएको बताए । शाहीले हार्डवेयर व्यवसायी तथा निर्माण सामाग्री उत्पादन गर्ने कम्पनीहरूका ५० भन्दा बढी स्टलहरू मेलामा हुने बताए । निर्माण सामाग्रीको बिक्री वितरण तथा बजारीकरणका लागि मेलाले सहयोग गर्ने अपेक्षा गरिएको छ।
सुदूरपश्चिमका निर्माण व्यवसायी तथा स्थानीयलाई निर्माण सामाग्री र कम्पनीका बारेमा जानकारी दिन मेलाको आयोजन गर्न लागिएको हो । सुदूरपश्चिममा निर्माण मेला गत वर्ष पनि लागेको थियो ।