धनगढी, १४ भाद्र/महेन्द्रनगरको वडा प्रहरी कार्यालयको भेन्टिलेसन तोडेर भागेका एक थुनुवालाई प्रहरीले फेरि पक्राउ गरेको छ ।बुधबार साँझ साढे ८ बजे थुनुवा कक्षको भेन्टिलेटर तोडेर भागेका बेलौरी नगरपालिका–६ हात्तिबोझाका २६ वर्षीय विरेन्द्र बडायक प्रहरीले भीमदत्त नगरपालिकाको भाँसीबाट बिहीबार बिहान पक्राउ गरेको वडा प्रहरी कार्यालयका इन्चार्ज इन्स्पेक्टर यमबहादुर मल्लले बताए ।
इन्स्पेक्टर मल्लाका अनुसार बडायक ईलाका प्रहरी कार्यालय बेलौरीमा लागुऔषध सम्बन्धी मुद्दा दर्ता भई १९ साउनदेखि वडा प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा थिए । थुनुवा हिरासत कक्षको बाथरुमको भेन्टिलेसन तोडेर भागेका बडायकलाई खोज्न २ दर्जनभन्दा बडी प्रहरी परिचालन गरिएको थियो ।