सुदूरपश्चिमका अधिकांस जिल्लामा गौरापर्व सुरु
धनगढी, ६ भदौं / अधिकमासका कारण गौरा मनाउने बिषयमा ज्वतिषहरुको फरक फरक मत भएपनि सुदूरपश्चिमका अधिकांस जिल्लामा गौरा सुरु भएको छ ।
ज्वतिषहरुमा भदौ ७ गते मान्ने कि भदौं २१ गते मान्ने बिषयमा मतभेद थियो । तर सुदूरपश्चिमका दार्चुला जिल्ला बाहेक अन्य जिल्लामा भदौ ७ गतेलाई नै गौरा पुजन हुने गरेर गौरा सुरु भैसकेको छ । जस अन्तरगत गौराको तेश्रो दिन बुधवार गौराघरमा गौरा भित्राईएको छ । प्रदेश सरकारले पनि भदौ ७ र ८ गौरा बिदा दिएको छ । दार्चुला जिल्लामा भने भदौं २१ गते गौरा मनाउने स्थानीयहरु बताउँछन् ।
यो बर्ष मात्रै नभएर २०३१ र २०५० सालमा अधिकमासका कारण ज्वतिषहरु बिवादित भएको धनगढी ज्वतिष कासीनाथ जोशी बताउँछन् । गौरा ७ गते मनाउँनुपर्छ भन्ने पक्षमा रहेका ज्वतीषहरुका अनुसार अनुभक्ताभरण सप्तमी र दुर्वा अष्टमीमा अधिकमासको दोष लाग्दैन भन्ने रहेको छ भने २१ गते मनाउँनुपर्छ भन्ने ज्वतिषहरु अनुभक्ताभरण सप्तमी र दुर्वा अष्टमीमा अधिकमासको दोष रहन्छ भन्ने पक्षमा छन् । यस बर्ष भाद्र ४ गते बिरुडा भिजाउने,५ गते बिरुडा पखाल्ने र ६ गते गौरा ल्याउने ७ गते गौरा महेश्वरको पुजा गर्ने तिथी रहेको पनि ज्वतिस जोशीले बताएका छन् ।
हरेक बर्ष भाद्र शुक्ल सप्तमीको दिन गौरा भित्राउने चलन सुदूरपश्चिममा रहेको छ । सुदूरपश्चिमेली र कर्णाली बासीहरुको मौलिक पर्व हो गौरा । कुश, धान , साउँ, अपामार्ग,तिल लगायत विभिन्न ९ बोट बाट तयार गरिने गौरा पञ्चकन्या तथा वत्रालुहरुले विभिन्न बाजागाजा र फाँग (मांगलिक गित) गाएर टाउँकोमा राखेर नचाउँदै गौरा यहाँका गौरा घरमा भित्राएको छ । बेहुली जस्तै सजाएकी गौरा पञ्चकन्याले भित्राउने चलन छ ।
सती देवीले दक्षको अग्नी कुण्डमा हाम फाल्दा आफ्नो सुक्ष्म रुपलाई हरियो घाँसमा छिपाई भौतिक देह विसर्जन गरेकोले हरियो घाँसमा सतिदेवीको वाँस हुन्छ भन्ने मान्यता अनुसार घाँसको समष्टिगत रुप बनाई पूजा गर्ने परम्परा रहेको छ । डोटेली चलचित्र गौराका निर्देशक खडक मल्लको सब्दमा ,‘गौरा सुदूरपश्चिमेलीहरुको चिनारी हो । गौरा धार्मिक भावनाबाट मात्र प्रेरित नभई आपसी सद्भाव सहअस्तित्वको विकास गरी सामाजिक जीवन जिउन सिकाउछ ।
गौरा भित्राएको दोश्रो दिन महेश्वरसँग धुमधामसँग बिवाह गरिन्छ । गौराको व्रत बस्ने महिलाहरुले प्रसादको रुपमा घाँटीमा दुवाधागो (मन्त्रेको धागो) बाध्ने गर्दछन् । अन्यलाई विरुडा लाई प्रसादको रुपमा दिने गर्दछन् । यस पर्वको प्रमुख प्रसाद विरुडा (क्वाँटी) मानिन्छ । डोटी बडिकेदार गाउँपालिकाका स्थानीय रघुराजा बमका अनुसार पञ्चमीका दिन विरुडा भिजाइन्छ षष्टिका दिन धुने र गोराको समयमा खाने गरिन्छ र घर बाहिर बसेका सदस्यलाई समेत पठाउने चलन छ ।
डा. आर.डि. प्रभात चटौत ‘प्रभात’को बृहत डोट्याली सब्दकोषमा उल्यख भए अनुसार हिमालय राज कि छोरी पार्वती बिबाह योग्य भएपछि छोरीको लागि बर खोज्दै हिडे । छोरीको बिबाह सुर्य संग गर्दा जलेर मर्ने,चन्द्रमा संग बिवाह गर्दा आयु छोटो हुने ,ब्राह्मण संग बिहेगर्दा ब्रह्ण पुजापाठमा ब्यस्त हुने र छोरी भोकले मर्ने ,मेहश्वर संग बिबाह गर्दा भाङधतुरो खाने भनेर अलमलमा परे त्यस पछि छोरीको सल्लाह अनुसार महेश्वर संग नै बिबाह गर्ने निर्णय भयो र यही बिबाहको लगनको रुपमा गौरालाई लिइन्छ ।
पाँच सात दिनसम्म खेलमाल गरी मनाईने यस चाडमा चैत्, ढुस्का, धुमारी, तुलसीका गीत तथा बिभिन्न डेउडा गीत गाएर खेल खेलिन्छ । दशै तिहार भन्दा महत्व दिने गौरा पर्व खेलाउन चाहनेले भारतको गयाँमा रहेको गौरी मन्दिर र हरिद्वारको महादेवको मन्दिरबाट प्रतिबद्धता जनाए पछि चलन छ । गौराको अन्तिम दिन दुलहीलाई विवाह गरेर अन्माए झै गरी बाजा गाजा र फाँग गाउँदै निश्चित ठाउँमा विसर्जन गर्ने गरिन्छ ।