डडेल्धुरा २४ साउन/डडेल्धुरा जिल्लाको आलिताल गाँउपालिकामा मोटरेबल पुलमा खोलाले क्षति पुराएको छ।
हिजो राति देखि भइरहेको अबिरल बर्षाले सुनखोलामा आएको बाढीले आलितालको गोदाम बजार हुदै पालिका केन्द्र, वडा नम्बर ५ र गांखेत समेत जोड्ने मोटरेबल पुलमा खोलाले भ्वाङ पारेको छ। सवारी आवत जावत अबरुद्ध रहेका छन्। गत बर्ष पनि यस पुलमा खोलाले क्षेति पुर्याएपछि पुनस् निर्माण गरिएको थियो ।
