धनगढी, १५ असोज / नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलाली क्षेत्र नम्बर ५ (क) बाट ३५ वर्षमुनिको युवा क्लस्टरतर्फ कमल कुमार ऐडी महाधिवेशन प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्।
कैलाली बहुमुखी क्याम्पसका स्ववियु उपसभापति तथा नेविसंघ धनगढीका नगर सचिवसमेत रहेका ऐडी विद्यार्थी तथा युवामाझ सक्रिय रहँदै आएका छन्। पूर्व स्ववियु सदस्यसमेत रहेका उनले विद्यार्थी हकहित, शैक्षिक सुधार तथा युवा नेतृत्व विकासका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका छन्।
युवा पुस्ताको प्रतिनिधित्व गर्दै कांग्रेसको संगठन सुदृढीकरण तथा विद्यार्थी र युवाका मुद्दालाई पार्टीको नीति तथा नेतृत्व तहसम्म पुर्याउन आफ्नो भूमिका प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।