धनगढी/कञ्चनपुरमा सशस्त्र प्रहरीसहितका दुई जना लागुऔषधसहित पक्राउ परेका छन् । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर १० दोदा पुलबाट धनगढी उपमहानगरपालिका-३ का २८ वर्षीय प्रदिप पाख्रीन र सोही ठाउँका ३२ वर्षीय विकल मगरलाई प्रहरीले ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका प्रदिप भने सशस्त्र प्रहरी जवान रहेको खुलेको छ । उनी दार्चुलामा कार्यरत थिए । प्रहरीले उनीहरु सवार सुपप्र ०२००३ प ६४३१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा १ दशमलव २ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।
