दार्चुला , ११ साउन ÷ दार्चुलाको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रबहादुर विष्टसमेत सात जना विरुद्ध अख्तियार दुरुपयो अनुसन्धान आयागले आज विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
नगरपालिकाको ६ नम्बर वडाको मौरीभिटादेखि ७ नम्बर र ८ नम्बर वडाको बन्तली बोहरीगाउँ जाने सडक निर्माण गर्दा कडा चट्टानको भाग बढी देखाएर झुट्टा बिल भर्पाई बनाई भुक्तानी दिएर भ्रष्टाचार गरेको दावीसहित अख्तियारले आज अदालतमा आरोपपत्र दायर गरेको हो। आर्थिक वर्ष २०७४र०७५ र ०७५०७६ मा सो सडक निर्माणको वास्तविक लागतभन्दा २६ लाख दुई हजार पाँच सय ५६ रुपैयाँ ११ पैसा अतिरिक्त भुक्तानी गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
सडक खन्ने कार्यमा फिल्डको वास्तविक तथ्य बँग्याइ कटिङ गर्दा बढी दररेट रहेको ज्बचम च्यअप ९कडा चट्टान०को परिमाण अस्वाभाविक रूपमा बढी मूल्याङ्कन गरी नापी किताबमा चढाई हस्ताक्षर गरी निर्माणस्थलमा भएरगरेको कार्यभन्दा बढी तथा साइटमा नगरेरनगराएको परिमाणको झुट्टा बिल भरपाइ तथा कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी रु।२६,०२,५५६।११ बढी भुक्तानी दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर गरेको देखिँदा निज सुरेन्द्रबहादुर विष्टलाई रु। २६,०२,५५६।११ (छब्बीस लाख दुई हजार पाँच सय छपन्न रुपैयाँ र पैसा एघार) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा(१) बमोजिम कैद र जरिवाना गरी सोही दफा बमोजिम बिगो रकम असुल उपर हुन समेत माग दाबी लिइएको छ ।
अख्तियारका प्रवक्ता भोला दाहालले मुद्दा दायर भएकोबारे रिटमार्फत जानकारी गराएका हुन् । विष्ट अहिले पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतकै रूपमा कार्यरत छन् ।त्यस्तै,अख्तियारले सो नगरपालिकाका इन्जिनियर सन्तोष पाण्डेयलाई सोही सडकको गलत मूल्यांकन गरी बढी भुक्तानी दिन सिफारिस गरेको आरोपसहित ११ लाख ३० हजार दुई सय ६२ रुपैयाँ ६७ पैसा बिगो असुल गरी कैद र जरिवानाको मागदावी गरेको छ ।
त्यस्तै, अख्तियारद्वारा दायर आरोपत्रमा नगरपालिकाका तत्कालिन इन्जिनियर राजेन्द्रसिंह धामीबाट १४ लाख ७२ हजार दुई सय ८३ रुपैयाँ ४३ पैसा बिगो तथा कैद र जरिवानाको मागदावी गरेको छ ।नगरपालिकाका सबओभरसियर दिपकसिंह विष्टबाट भ्रष्टाचार भएको रकम २६ लाख दुई हजार पाँच सय ५६ रुपैयाँ ११ पैसाको बिगो तथा कैद र जरिवाना माग गरिएको छ ।सो सडक निर्माणका लागि गठित उपभोक्ता समितिका अध्यक्ष जनकराज जोशी, सचिव धनञ्जय जोशी र कोषाध्यक्ष जानकी वडूबाट २६ लाख दुई हजार पाँच सय ५६ रुपैयाँ ११ पैसा बिगो असुल गरी कैद र जरिवाना गर्न अख्तियारले मागदावी गरेको छ ।

