धनगढी ३१ असार/आन्तरिक उडानमा भाडादर ६ प्रतिशतले बढ्ने भएको छ। वायुसेवा कम्पनीहरूले सोमबारबाट लागु हुने गरी हवाइ भाडादरमा समावेश गरी मूल्य अभिवृद्धि कर उठाउने छन्। नेपाल वायुसेवा सञ्चालक संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो।
आर्थिक वर्ष २०८/(२०८१ को बजेटमा हवाइ यातयाात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ।
हवाइ इन्धन, कार्यालय सञ्चालनका सामग्री लगायतको खरिदमा तिरेको भ्याट कम्पनीहरूले फिर्ता पाउने भएकाले १३ प्रतिशत नै शुल्क नबढ्ने भएको हो। हाल भ्याट अन्तर्गत १३ प्रतिशत कर लाग्छ।