कञ्चनपुर २९, असार ÷ कञ्चनपुरको पुनर्वासमा प्रतिबन्धित लागुऔषध खैरो हिरोइन सहित एक जना बहालवाला वडा सचिव सहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पुनर्वास नगरपालिका वडा नं। ०४ “घ” गाँउ बस्ने बर्ष २७ को असिम थापा र पुनर्वास नगरपालिका वडा नं। ०५ मदनटोल बस्ने बर्ष २८ को कृष्ण प्रसाद बडुलाई लागु औषध ९खैरो हेरोईन० सहित पक्राउ परेको प्रहरी निरीक्षक नरेश राज मल्लले जानकारी दिए।
त्रिभुवनबस्तीबाट करीब ३ कि।मी। पश्चिममा लागु औषध ९खैरो हिरोइन० सहित पक्राउ परेका बडु पुनर्वास नगरपालिका वडा नं १० मा कार्यरत सहायक वडा सचिव हुन।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका अनुसार अस्थायी प्रहरी पोष्ट आई बी आर डी बाट खटि गएको प्र।स।नि। मुकेश सिंहको कमाण्डमा प्रहरी हवल्दार गौर सिंह ठकुन्न, प्रहरी सहायक हवल्दार अब्राहम तामाङ, मिटठु बहादुर कुँवर र प्रहरी जवान दिपेन्द्र सिंह , रमेश सुनार को टोलीले बिशेष सुचनाको आधारमा जिल्ला कञ्चनपुर पुनर्वास न।पा। ०६ ङ गाँउ स्थित भिम सिंह साउदको निर्माणाधिन घरको सिडी मुनी बसी लागु औषध ९खैरो हेरोईन० सेवन गरी राखेको अवस्थामा फेला परेको बताए।
प्रहरी निरीक्षक मल्लका अनुसार पक्राउ परेका दुबै जनाको शरिरको खान तलासी लिदा असिम थापाले भुईमा फालेको अवस्थामा शुद्धा तौल ५४० मिलिग्राम लागु औषध ९खैरो हेरोईन० जस्तो पदार्थ फेला परेको हुदा निज दुबै जनालाई यस कार्यालयमा ल्याई थप अनुसन्धान भईरहेको बताए।
यसैगरी एक साता अघि ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले २ जना भारतीय नागरिक र एक जना १७ बर्षीय बालकलाई खैरो हिरोइन सहित पक्राउ गरी उनीहरुलाई ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीको हिरासत कक्षमा राखि थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरी निरीक्षक नरेश राज मल्लले जानकारी दिए ।