एकदिन पछुतो हुने छ आत्मगलानी हुनेछ ।
मलाई सम्झेर तिम्रो आँखामा पानी हुनेछ ।।
मैले पढेका प्रमाणपत्र बेची लगानी गरेछु ।
पर्ख न मेरो पनि हातामा राहादानी हुनेछ ।।
जान्दाजान्दै पनि खुब घमण्ड गर्छन हेर्नू ।
एकदिन जलेर चितामा सब खरानी हुनेछ ।।
गुनासो गर्दिन पराइले वचन लगायो भनेर ।
भोलि आफ्नै सन्तान पनि अज्ञानि हुनेछ ।।
जस्ताको तेस्तै रहन्छ होला म जन्मेको गाउँ ।
एकदिन मुर्दाहरुको सहर राजधानी हुनेछ ।।
-अनमोल आँसु घायल मन
बैतडी पुर्चौडी, हाल महेन्द्रनगर स् मिति : २०८०/०३/२८ गते