काठमाडौं २८, असार÷ नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने भन्दै प्रलोभनमा पार्ने केशव तुलाधरलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने समूहका तुलाधरले जाहेरवाला गजेन्द्र बुढाथोकी लगायतका व्यक्तिलाई ठगी गर्ने कार्यमा संलग्न रहेको जानकारी दिनुभयो ।
