• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरश्चिम प्रदेश सरकारको १० अर्बभन्दा बढी बजेट फ्रिज गयो


धनगढी। सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्ष २०७९र०८० मा खर्च गर्न नसक्दा १० अर्बभन्दा बढी बजेट फ्रिज भएको छ। सुदूरपश्चिमको प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले यस चालु आर्थिक वर्ष कूल बजेटको ६८।८४ प्रतिशत बजेट मात्रै खर्च गर्न सकेको छ।
चालु र पुँजीगत दुबैका लागि प्रदेश सरकारले ३५ अर्ब ८० करोड ७ सय ५६ रुपैयाँको बजेट पारित गराएको भएपनि १२ महिनामा जम्मा २४ अर्ब १५ करोड १ सय ८५ रुपैयाँ मात्र खर्च भएको छ । प्रदेश सरकारले विनियोजन गरेको बजेटमध्ये सबैभन्दा धेरै स्थानीय तहहरुले ९१।१७ प्रतिशत खर्च गरेका छन्। स्थानीय तहले पनि १३ करोड ५६ लाख ८ हजार रुपैयाँ खर्च गर्न नसकी फ्रिज गराएका छन् ।
प्रदेश सरकारले स्थानीय तहरुलाई १ अर्ब ४७ करोड ८४ लाख ५० हजार बजेट दिएकोमा तिनले १ अर्ब ३४ करोड ७८ लाख २२ हजार रुपैयाँ मात्रै खर्च गर्न सकेका छन् । सबैभन्दा धेरै बजेट फ्रिज गर्ने प्रदेश निकाय प्रदेशसभा बनेको छ । प्रदेशसभाले कूल बजेटको जम्मा ४६।१४ प्रतिशत खर्च गर्न सकेको छ। प्रदेशसभाले १६ करोड ६८ लाख ६७ हजार रुपैयाँ फ्रिज गराएको हो ।प्रदेश सरकारले चालुतर्फ विनियोजन गरेको बजेट पनि सन्तोषजनक रुपमा खर्च हुन सकेन। चालुतर्फको कूल बजेटको ६८।१४ प्रतिशत मात्रै खर्च हुँदा ३ अर्ब ८९ करोड ८५ लाख ४ हजार रुपैयाँ फ्रिज गएको छ । पुँजीगततर्फ ७ अर्ब ३२ करोड ७ हजार रुपैयाँ फ्रिज गएको छ । पुँजीगततर्फको कूल बजेटमध्ये जम्मा ६९।२२ प्रतिशत बजेट मात्रै खर्च हुन सकेको हो ।
यस्तै प्रदेश सरकारका विकास सम्बन्धी मुख्य मन्त्रालयले नै ठूलो रकम फ्रिज गराएका छन् । भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले विनियोजित कूल बजेटमध्ये ७३।६२ प्रतिशत खर्च गर्दा ४ अर्ब ४५ करोड ३३ लाख ५४ हजार रुपैयाँ फ्रिज गराएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ६४ करोड ४ लाख ६९ हजार रुपैयाँ फ्रिज गराएको छ । सो मन्त्रालयले कूल बजेटको ७७।६७ प्रतिशत मात्रै खर्च गर्न सकेको हो । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले आफूले पाएको बजेटमध्ये ७५ ।८३ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । सो मन्त्रालयको ६ करोड ३४ लाख ५७ हजार ७ सय रुपैयाँ फ्रिज गएको छ। मन्त्रालयहरुमध्ये आर्थिक मामिला तथा मन्त्रालयले सबैभन्दा कम बजेट खर्च गरेको छ । सो मन्त्रालयले ४७।३० प्रतिशत मात्रै बजेट खर्च गर्दा १४ करोड २२ हजार ४ सय रुपैयाँ फ्रिज गएको छ।

बुधबार, असार २७, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.